नियम २१
प्रतिवेदन कार्यान्वयन गर्ने
(१) नियम २० बमोजिमको प्रतिवेदन प्राप्त भएपछि प्राधिकरणले सो सम्बन्धमा आवश्यक जाँचबुझ गर्नेछ र त्यसरी जाँचबुझ गर्दा थप जानकारी लिनु पर्ने देखिएमा प्राधिकरणले सम्बन्धित अनुमतिपत्र प्राप्त व्यक्तिलाई विवरण वा कागजात पेश गर्न आदेश दिन, आफु समक्ष उपस्थित गराई बयान लिन वा उपयुक्त सम्झेको अन्य कार्य गर्न सक्नेछ।

(२) उपनियम (१) बमोजिम जाँचबुझ गर्दा प्राधिकरणले अनुमतिपत्र प्राप्त व्यक्तिले गरेको काम कारवाही वा निजले उपलव्ध गराएको दूरसंचार सेवाको सम्बन्धमा अनुमतिपत्र प्राप्त व्यक्तिलाई कुनै आदेश दिन उपयुक्त देखेमा सो अनुरूप काम गर्न मनासिब माफिकको समय दिनेछ र त्यसरी दिइएको आदेश अनुरूप यथासमयमा काम गर्न सम्बन्धित अनुमतिपत्र प्राप्त व्यक्तिको कर्तव्य हुनेछ ।